आजको राशिफल |||
के तपाइँको काम बनिरहेको छैन ? विदेश जान चाहनुहुन्छ ? कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ ? विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ ? घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ ? व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ ? विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ ? साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ ?
साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ साउन २६ गते । बिहिबार । ईश्वी सन् २०१७ अगस्त १० तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । योग अतिगण्ड ३१ घडि २२ पला । आनन्दादिमा वज्र योग । तिथी तृतीया, ४५ घडी ०२ पला, रात २३ बजेर ३३ मिनेट उप्रान्त
चतुर्थी तिथि । शतभिशा नक्षत्र ०१ घडी १५ पला, बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त पुर्व भाद्रपदा नक्षत्र । चन्द्रमा कुम्भ राशिमा , सुर्योदय बिहान ५:३२ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ४४ मिनेटमा । दिनमान ३३ घडी ०१ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धन आय आर्जन मा वाधा हुने देखिन्छ । नया कार्यको थालनिको लागि नि समस्या हुनेछ भने आफ्ना दाजु हरुको सहयोगमा कमि आउने छ । बुबाको धनमा पनि कमि आउने साथै अनावश्यक रुपमा खर्च हुने देखिन्छ । आफ्ना मनमा रहेको इच्छा पुर्ती हुन पनि समस्या हुने देखिन्छ ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आफुले गरि आएको कार्यम मन नलाग्नका साथै जोश जागर सबै सेलायेर जाने छ । प्रगतिमा केही वाधा त्रुटि देखिनेछ । आफ्नो साथि त्यस्तै कार्यलय का सहयोगी हरुको सहयोग अन्य दिनको तुलनामा कम मिल्ने छ । राज्यको तर्फ बाट खासै काम।बन्ने देखिदैन सरकारी कार्य हरु अल्झने छन ।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
भाग्यमा बढोत्तरी गर्ने समय रहेको छ । धार्मिक कार्यमा रुचि बढ्ने छ भने आफुले गरेको कार्यले आत्म सन्तुष्टि मिल्ने देखिन्छ । आफ्ना गुरुजन प्रती आदार भाव प्रकट हुनेछ साथै धार्मिक यात्रा को लागि उपयुक्त समय रहेको छ । उच्च शिक्षा मा प्रगति देखिन्छ ।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
गाडी वा अन्य कुनै सवारी साधन चलाउदै हुनुहुन्छ भने विशेष सतर्कता अपनाउनु होला दुर्घटना हुने सम्भावना देखिन्छ । आफ्नो स्वास्थ्य को विशेष ख्याल राख्नु होला।विशेष गरि पानी मा । नया कुरा हरु सिक्न खासै रुचि हुने छैन । सट्टा वा शेयर मा खासै फाइदा देखिदैन ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
आफ्ना साथी सङी हरुको कुरा सुन्नुहोला अन्यथा सम्बन्धमा तिक्तता आउन सक्छ । जीवन साथी सग केही भनाभन वा भनौ विवाद हुने देखिन्छ । प्रेम मा कमि आउने र मिलेर कार्य गर्न नसकिने देखिन्छ । यात्रा खासै फलदायी हुने छैन । नया व्यवसाय सुरु नगर्नु होला ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
शत्रु हरुले सताउने छन । आफ्ना मित्र जस्तो देखिए पनि शत्रु को व्यवहार देखाउने को कमि हुने छैन । रोग ले अझै बढी च्याप्ने समय रहेको छ । रिन लाग्ने सम्भावना छ भने प्रतिस्पर्धाको लागि खासै उपयुक्त समय छैन । अध्यन अध्यापन मा खासै मन नलाग्ने देखिन्छ ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
साधारण विवाद ले ठूलो समस्या निम्त्याउन सक्छ । प्रेमी प्रेमिका विच को सम्बन्ध मा तनाव सृजना हुने देखिन्छ । सोचे अनुरुपको कार्य हुने छैन । पढ्न मन नलाग्ने साथै अद्यन मा असफल हुने देखिन्छ । तन्त्र मन्त्र को क्षेत्रमा पनि खासै सफलता देखिदैन ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
घर गृहस्थ जीवन राम्रो हुँदै जाने छ । परिवार का सम्पुर्ण सदस्य विच प्रेम पुर्ण व्यवहार रहनेछ । घर को सुख साथै वाहन घोडा को सुख पनि मिल्ने देखिन्छ । सौखिन कुरा हरुको प्राप्ती देखिन्छ भने आफ्नो माता को स्वास्थ्री राम्रो हुँदै जानका साथै मात्री सुख मिल्ने देखिन्छ ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भाइ बहिनी हरु सङ को सम्बन्धमा केही तनाव सृजना हुने छ । नया कार्यहरू खासै फलदायी हुने छैन । छोटोे यात्राको अवसर आए पनि यात्रा खासै लाभदायक हुने छैन । नया व्यक्ती हरु सङ भेटघाट भए पनि उनिहरु बाट राम्रो सम्झौता हात पार्न गार्हो पर्ने छ ।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
आफ्ना आफन्त हरु को सहयोग मिल्ने छ । बोलिमा मिठास आउनेछ भने बोली ले नै नया कार्यहरू प्राप्ती साथै सम्पादनमा सहयोग गर्ने छ । धन सन्चयको राम्रो अवसर मिल्नेछ । कुटुम्ब मा वृदी हुने साथै राम्रो समाचार प्राप्ती हुने र स्वादिलो वस्तु को सेवन हुने समय छ ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफ्नो आत्मबल मा वृद्दी हुनेछ भने आफुले गरेका निर्णय हरुले आत्म सन्तुष्टि मिल्नेछ । कार्यको लागि जोश जागर थपिनुका साथै नया उर्जाले साथ दिने छ । मानसिक क्षमतामा वृद्धि हुनेछ भने नकारात्मक सोच परिवर्तन भै आफुलाइ उत्प्रेरणा मिलेको महसुस हुनेछ ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
वैदेशिक रोजगारको अवसर आउनेछ भने उक्त अवसर सार्है नै फलदायी हुने देखिन्छ । घरबाट टाढाको यात्रा को अवसर आउनेछ भने खर्चमा कटौती हुनेछ साथै अध्यन अद्यापन को क्षेत्रमा पनि राम्रै लाभ हुने देखिन्छ । विधार्थी वर्ग जो विदेश पढ्न जाने सोचमा हुनुहुन्छ आजको दिन उपयुुक्त रहेको छ ।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने मुखमा सर्स्यु का केही दाना राखेर जानुहोला साथै आफ्नो कुलदेवता लाई धूप लगाइ जानू भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment