Tuesday, August 8, 2017

आजको राशिफल |||

आजको राशिफल |||
के तपाइँको काम बनिरहेको छैन ? विदेश जान चाहनुहुन्छ ? कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ ? विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ ? घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ ? व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ ? विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ ? साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ ?
साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

बि.स.२०७४ साउन २५ गते । बुधवार । ईश्वी सन् २०१७ अगस्त ०९  तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । योग शोभन ३४ घडि २६ पला । आनन्दादिमा मानस योग । तिथी द्वितीया, ४५ घडी ५८ पला, रात २३ बजेर ५५ मिनेट उप्रान्त
त्रितिया तिथि । शताभिषा नक्षत्र अहोरात्र । चन्द्रमा कुम्भ  राशिमा , सुर्योदय बिहान ५:३२  मिनेट साथै सुर्यास्त साझ ६ बजेर ४५ मिनेटमा । दिनमान ३३ घडी ४ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घरपरिवार मा कसैको स्वास्थ्य मा असर पर्ने देखिन्छ विशेस गरि स्तृ को स्वास्थ मा विशेस ख्याल राख्नु होला | ऋण लाग्ने समय रहेको छ | तपाइँ को तर्फा बाट केहि गल्ति कमि कमजोरी हुने भएकोले तपाइलाइ विश्वास नगर्न सक्छन | मानसिक स्वास्थ्यमा कमि आउने साथै तनाव मा वृद्दि हुनेछ |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मनमा अशान्ति रहनेछ | निर्णय गर्न निकै गाह्रो हुने साथै न निर्णयको कारणले पछुताउनु पर्ने देखिन्छ | कार्यसम्पादन मा मुस्किल पर्ने छ गरिएका कार्यमा केहि त्रुटी हुने देखिन्छ साथै मान सम्मान मा केहि कमि आउने छ | कार्यबिग्रने भएको कारण ले गर्दा अरुले औला उठाउने मौका पाउनेछन |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइको क्षेत्रमा प्रगति देखिन्छ | मानसिक स्थिति राम्रो भएर जानेछ | मानशिक शान्ति हुने छ जसको कारण ले गर्दा तपाइले व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न अलि बढी समय खर्चनु पर्नेछ । सन्तान को तर्फा बात खुसि प्राप्त हुने समय रहेको छ |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समस्यामूलक समय रहेको छ आफ्नो बुद्दिमत्ता को प्रयोग गरि समस्या समाधान गर्नुहोला | आज गरेको लगानी ले खासै राम्रो प्रतिफल नदिने देखिन्छ | साधारण गल्तीले पनि ठुलो समस्या निम्त्याउन सक्छ त्यसैले कुनै पनि निर्णय गर्नु पुर्व धेरै सोच विचार गर्नुहोला | आखा संग सम्बन्धित समस्या ले सताउला |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टु,टे)
नसोचेका समस्या हरु आउने छन् | शरीरमा कस्ट आउने छ | रोगले सताउने समय रहेको छ | अनावस्यक कलह ले गर्दा मनमा चिन्ताले वास गर्ने छ | अनावस्यक धन्हानी हुने छन् | एकपटक हात बात गएको धन फिर्ता गर्न मुस्किल पर्ने छ त्यसैले ऋण दिदा विचार गर्नुहोला |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
कमाइ आएको इज्जत मा साधारण गल्तीले समस्या मा परिने छ । आफ्नो बोलीमा संयमता अपनाउनु होला अन्यथा साधारण कुरा नि बढेर विकराल समस्या हुन सक्छ | नसोचिएको ठाउमा खर्च हुने देखिन्छ | वाद विवाद वात बच्नु होला | आफन्त हरु संग को सम्बन्ध चिसिने सम्भावना रहेको छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
आफैले आफैलाई दिन दुखि सम्झिने समय रहेको छ | शरीरमा आलस्यता छुने छ | धन हानि हुने समय रहेको छ गरिएका धन खर्च सहि ठाउमा नपर्ने देखिन्छ | अलि विवेक को प्रयोग कम गरिने भएकाले समस्यामा पर्न सकिन्छ विचार गर्नुहोला |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन सम्पत्ति को राम्रो उपभोग हुने समय रहेको छ | गरिएका कार्य हरुले पनि मान इज्जत प्रतिष्ठा मा वृद्दि हुने देखिन्छ | कुनै पनि कार्यगर्दा लाभ हुने देखिन्छ विशेष गरि आफ्ना अग्रज हरुले देखाएका बाटोमा लाग्नु भएमा अवस्य पनि सफलता मिल्ने छ |खनिज पदार्थ साग सम्बन्धित व्यवसायमा लगानी गर्नु भएमा निकैनै फाइदा पुग्ने देखिन्छ |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मनमा अशान्ति रहने समय छ विशेस गरि साधारण समस्याले सताउने छन | अधैर्यता मा वृद्दि हुनेछ साथै कार्य गर्दा हडबडाउने भएकोले कार्य असफल हुने देखिन्छ त्यसिले धैर्य भएर कार्य गर्नु होला | दण्ड सजाय को भागि हुने समय रहेको छ विचार गर्नु होला |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
नया कार्यको अवसर मिल्नेछ | विभिन्न प्रकारको धातु हरुको प्राप्ति हुनेछ | जमिन मुनिबाट निस्कने कुराहरुबाट मनग्य आम्दानि हुने योग रहेको छ | ग्यान प्राप्तिको अवसर हरु जुट्ने छन् | साथीहरुको साथ् सधाजसो मिल्ने छ | नसोचेका कार्यहरु बन्ने छन् | विभिन्न प्रकारका अवसर हरु आउने छन् |
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यात्राहरु फलदायी हुने देखिन्छ | ब्यापार व्यवसाय मा वृद्दि हुने देखिन्छ | प्रेम सम्बन्ध सुद्रिढ बन्दै जाने छ नया प्रेम सम्बन्धका अवसर बन्ने छ | कोहीसंग मिलेर गरिएका कार्यहरु फलदायी हुने देखिन्छ | पुस्तक सम्बन्धि व्यवसाय गर्नुभएमा अवस्य पनि लाभ मिल्ने छ | हिसाब किताब सम्बन्धि कार्यले फाइदा पुग्ने छ |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पानि सम्बन्धि व्यवसाय ले फाइदा पुग्ने देखिन्छ |सहयोगी हरुको साथ् साधा झैँ मिल्नेनै छ | स्वास्थ्य स्थिति राम्रो बन्दै जानेछ | मुद्दा मामिला बाट फाइदा हुने देखिन्छ | जग्गा सम्बन्धि समस्याले छाड्ने छ | मित्रको साथ् ले आत्मा विश्वाश मा वृद्दि हुने देखिन्छ त्यही आत्मा विश्वास को कारण ले कार्यमा नया जोश जागर आउने छ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने हार्यो साग वा धनिया खाएर जानुहोला साथै भगवान विष्णु  को दर्शन गरि जानू भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

No comments:

Post a Comment