Wednesday, August 30, 2017

आजको राशिफल |||
२०७४-०५-१५
यात्रा गर्दा पुर्व मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय १२:१९ देखि १५:२९सम्म रहेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १५ गते । बिहिवार । ईश्वी सन् २०१७ अगस्ट ३१ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग प्रीति ५५ घडि २१ पला । आनन्दादिमा धुम्र योग । तिथि दशमी, अहोरात्र । मूल नक्षत्र ५८ घडी ३१ पला, रात २९ बजेर ०७ मिनेट उप्रान्त पुर्व षाढा नक्षत्र । चन्द्रमा धनु राशिमा, सुर्योदय बिहान ५:४२ मिनेट साथै सुर्यास्त साझ ६ : २४ मिनेटमा । दिनमान ३१ घडी ४४ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नया कार्यहरु बन्ने छन् | मित्रको भेटले मन प्रफुल्लित रहनुका साथै घुमघाम मै समय व्यतित हुने छ | नया कारोबार को लागि पनि उपयुक्त समय रहेको छ |आफ्नो बुद्दी विवेक को भरपुर प्रयोग गरि सफलता चुम्ने समय रहेको छ | प्रेमी प्रेमिका बीच भएका झगडा मिलेर जानुको साथै सामिप्यता बढ्ने छ | आम्दानीका नया स्रोत जुट्ने छन् |
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
नसोचिएको समस्याले सताउने छन् | मनमा निरासा ले बास गर्ने छ | आफु भन्दा बढी अर्काको बारेमा सोच्ना ले अलि मनमा सन्ताप बढ्ने देखिन्छ | साथि संगी बाट अपेक्षित सहयोग नपाउन सकिन्छ | विधार्थी वर्गहरुले कुनै प्रतिस्पर्धा मा जादा राम्रो संग तयारि गरेर जानुहोला नत्र असफलताको सामना गर्नु पर्ने हुन सक्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सोचेका कार्यहरुमा असफलता मिल्ने छ साथै विरोधी हरुको आवाज बुलन्द हुने र शत्रु हरुले केहि हानि गर्ने समय्रहेको छ | आफ्नो इज्जतमा आंच आउने कुनैपनि कार्य नगर्नुहोला सानो गल्तीले ठुलो असर गर्नेछ | कुनै पनि ठाउमा लगानी गर्दै हुनुहुन्छ भने आजको दिन खासै उपयुक्त छैन | गृह संग सम्बन्धित समस्याले सताउने
छ |
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिमागमा नया प्रकृतिको सोच आउनेछ | साथै उक्त सोचको प्रयोग गर्दा अवस्यपनि लाभ हुने देखिन्छ | बोलीले कार्यहरु बन्ने छन् |नया उद्योग को लागि पनि धन संचय हुने समय रहेको छ | आफ्ना भाइबहिनी हरु संगको सम्बन्ध सुद्रनु का साथै आपसमा सामिप्यता बढ्नुको साथै छोटो यात्राको अवसर आउने छ |
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धन संचय सम्बन्धि नै कुरा दिमागमा चलेपनि धन संचय गर्न अशक्षम हुनुहुने छ | आफन्त संग को सम्बन्धमा केहि तनाब सृजना हुनेछ | बन्न लागेका नया सम्बन्धमा तनाव सृजना हुने छ | प्रेमी प्रेमिका संगको सम्बन्ध मा केहि तनाव हुने देखिन्छ | बोलि मा खासै असर देखिने छैन | अलि रिस उठ्न सक्छ त्यस्लाइसम्हल्नु होला |
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मिठो भोजनको प्राप्ति हुनका साथै मनमा शान्ति छाउनेछ | सृजनात्मक कार्यमा मन लाग्नुका साथै सोचे अनुरुपको कार्यमा सफलता हुने देखिन्छ | आफ्ना मित्रहरुको सहयोग ले रोकिएका कार्यहरु बने छन् | टाउको संग सम्बन्धित समस्या कम भएर जानेछ | साथै स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
सोचेभन्दा बढिनै धन खर्च हुने देखिन्छ | साथै आआफ्नो बहुमुल्य सामान हराउने वा भनौ चोरी हुने समय रहेको छ | विदेश यात्रा को लागि उपयुक्त समय छ साथै | लामो दुरीको यात्रा हुने भेटा पनि मनमा खिन्नता हुने भएकोले त्यति फलदायी हुने देखिदैन | विधार्थी हरुको मन पढाइमा लाग्ने देखिदैन | नया व्यापार गर्न खासै
उपयुक्त समय छैन |
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन लाभको योग छ बिग्रेका काम हरु बन्नुका साथै उक्त कार्य हरु बाट मनग्य लाभ हुने छ | सन्तान सुख मिल्नुका साथै मन्त्र सिद्दी को समय रहेको छ | पेट संग सम्बन्धित समस्या बिस्तारै समाधान हुदै जानेछ | अध्ययन अध्यापन को क्षेत्र मा मन लाग्नुका साथै प्रतिस्पर्धामा अब्बल साबित हुनेसम्य छ |
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रास्ताको तर्फबाट धनको आय हुने देखिन्छ साथै सरकारी क्षेत्रका कार्य हरु बन्नका लागि सुर्वाती हुने समय हो | राजनैतिक सहयोग मिल्ना साथै नया व्यवसाय को लागि उपयुक्त समय रहेको छ जसको कारण ले राम्रो धन आय हुने देखिन्छ | बुवा संगको सम्बन्ध राम्रो भएर आउनुका साथै उहाले भनेको जस्तो कार्य गर्दा अवस्य लाभ
मिल्ने छ |
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
धार्मिक यात्राको समय रहेको छ | मठ मन्दिरको दर्शन का साथै धार्मिक प्रवृति मा मन लाग्ने छ | त्यस्तो हुदा पनि सोचे अनुसारको लाभ नहुने भएकोले मनमा खिन्नता छाउनु स्वभाभिक हो | आफ्ना गुरु बर्ग हरुको इज्जत वा भानु सुझाब लिदै नया कार्य गर्नु भयो भने अवास्य पनि लाभ मिल्ने छ | अलि आफ्नो रिस लाइ सम्हाल्नु होला
|
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अन्जान ठाउमा धन खर्च हुनेछ | कसिला सापतिको रुपमा दिएको पैसा फिर्ता नोना सक्छ | ग्यान को क्षेत्रमा मन लागेपनि त्यति उप्पल्ब्धिमुलक देखिदैन | जीवन संगी संग विवाद्न्हुना सक्छ | सन्तानको स्वास्थमा केहि समस्या हुनेछ साथै मित्रहरु बात सोचे अनुसारको सहयोग मिल्ने छैन | आजको दिन नया व्यापार सुरु नगरेकै
जाति |
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नया विपरित्लिंगी साथि हरु बन्नेछन || साथै उनीहरुको सहयोग मिल्ने छ | दाम्पत्यजीवन सुमधुर बन्दै जाने छ | प्रेमी प्रेमिका को सम्बन्ध मजबुत बन्ने छ भने साझेदारीमा गरिएका व्यवसाय मा अवस्यपनि लाभ हुने देखिन्छ | फलाम सम्बन्धि कार्य हरु उपयुक्त देखिन्छ | सोचे अनुसारको काम बन्ने भएकोले आफ्नो कार्य लाइ निरन्तरता
दिनु होला |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने सर्स्यु का केही दाना मुखमा राखेर जानुहोला साथै आफ्नो कुलदेवता लाइ स्मरण गरि २१ पटक नमस्कार गरि जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ ।

No comments:

Post a Comment