Thursday, August 31, 2017

आजको राशिफल |||
२०७४-०५-१६
यात्रा गर्दा पुर्व मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय ०९:०९ देखि १०:४३ साथै १२:१८ देखि १३:५३ सम्म रहेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १६ गते । शुक्रबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०१ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग आयुश्मान ५६ घडि ३९ पला । आनन्दादिमा प्रवर्द् योग । तिथि दशमी, २घडी १३ पला ०६ बजेर ३६ मिनेट उप्रान्त एकादशि । पुर्व षाढा नक्षत्र अहोरात्र । चन्द्रमा धनु राशिमा, सुर्योदय बिहान ५:४३ मिनेट साथै सुर्यास्त साझ ६ : २३ मिनेटमा । दिनमान ३१ घडी ४० पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तहरुसँग बैमनस्य रहने समय रहेको छ। सञ्चित धन खर्च हुने समय रहेको छ । बोलेर नि काम बन्ने र बिग्रिने भएकोले आफ्नो बोलीमा बिचार पुर्याउनुहोला नत्र भने साधारण बोलीको खराबीले तपाईंको बन्न लागेको काम बिग्रन सक्छ। साथीभाइहरूसँग सम्बन्धमा केही तलमाथि हुने देखिन्छ साथै प्रतिस्पर्धाको लागि तयार रहनु होला अथवा भनौं राम्रो तयारी गर्नु होला ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
शरीरसँग सम्बन्धित केही नयाँ समस्याहरु आउने छन् भने टाउको सँग सम्बन्धित केही रोगले सताउने देखिन्छ आफ्नो टाउको ख्याल राख्नुहोला ठोकिने त्यस्तै गरेर टाउकोमा चोट पटक लाग्ने सम्भावना देखिएको कारणले गर्दा बिचार पुर्याउनुहोला । दिमाग मा अनेक नचाहिने कुराहरु खेल्ने हुँदा आफूलाई मानसिक रुपमा कमजोर पाउनुहुनेछ। कसैले सोच्ने कुरामा ध्यान दिनुहोला।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
वैदेशिक क्षेत्रबाट लाभ हुने देखिन्छ भने नयाँ र सम्बन्धित कार्य बन्ने देखिन्छ यदि विदेश जाने तयारीमा हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त समय रहेको छ त्यसैगरी विदेशी सँग सम्बन्धित कार्यालयमा रोजगारको अवसर खोज्दै हुनुहुन्छ भने राम्रो समय रहेको छ। धनको खर्चमा कमी ल्याउनका साथै बचतकाे बानी बस्ने छ भने स्वास्थ को हिसाबमा राम्रो समय रहेको छ।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आम्दानीका नयाँ स्रोत हरु जुट्नेछन् भने पुराना कार्यहरुबाट पनि मनग्य लाभ लिनसक्नुहुनेछ त्यस्तै गरेर लगानीका नयाँ बाटाहरू हजुरको माझ प्रस्तुत हुनेछन् र त्यही स्थानमा लगानी गरेर फाइदा लिनु हुनेछ अध्ययनअध्यापनको क्षेत्रमा सफलता हात पर्ने देखिन्छ भने खरिदसँग सम्बन्धित karyalay फाइदा हुने देखिन्छ। विदेशमा सामान आयात निर्यात गर्दा पनि लाभ हुने देखिन्छ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफूले गरिरहेको कार्यमा बाधा ल्याउने त्यस्तै गरेर अनावस्यक झमेलामा पर्ने साथै गरिरहेको कार्य गर्न मन नलाग्ने देखिन्छ नयाँ कार्यको खोजीमा हुनुहुन्छ भने खासै राम्रो दिन मान्न सकिँदैन सोचेको जस्तो लाभ लिन निकै गाह्रो पर्नेछ भने र इष्टमित्रलाई आफ्नो कुरा बुझाउन गाह्रो पर्ने देखिन्छ बुबाको स्वास्थ्यमा गडबडी हुने साथै अनावश्यक धन खर्च हुने देखिन्छ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
भाग्य मजबुत पार्ने समय रहेको छ धर्मकर्ममा मन लाग्ने आफ्नो गुरु वर्ग haru prati इज्जत बढ्ने त्यस्तै गएर धार्मिक यात्रा को लागि उपयुक्त समय रहेको छ उच्च शिक्षा विद्यावारिधि त्यस्तै गरेर अध्ययनअध्यापनको क्षेत्रमा सफल हुने देखिन्छ धार्मिक कार्यमा खर्च हुने भएकोले मन प्रफुल्लित हुने देखिन्छ सोचे अनुरुपको कार्य बनाउन सफल हुनुहुनेछ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
बुझ्न नसकेका वा भनौ रहस्यमय कुराहरूको बारेमा ज्ञान हुने समय रहेको छ भने pani र माछा पालन सँग सम्बन्धित कार्यहरु वटा लाभ हुने देखिन्छ सेतो चिजको ब्यापार फलदायी देखिन्छ आफूले गरिरहेको कार्यमा मन लाग्ने नयाँ जोसजाँगर आउने देखिन्छ शरीरमा एक प्रकारको नयाँ तागत पाउनुको साथै मुहारमा चमक आउनेछ ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पार्टनरसिपमा गरिएका कार्यहरू फलदायी हुनेछन् पार्टनरसँग भएको मनमुटाव हटेर जानेछ एकअर्काबीच विश्वास बढ्नेछ भने दाम्पत्य जीवन पनि राम्रो भएर जानेछ नयाँ ठाउँमा लगानी गर्ने अवसर मिल्नेछ जीवन साथीको साथ र सहयोग प्राप्त हुने देखिन्छ आफूले चाहेअनुसारको सफलता पर्नुहुनेछ धन सम्पत्ति जोड्ने राम्रो अवसर मिल्नेछ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रुहरूले सताउनेछन् बन्न लागेका कार्यहरुमा समस्या आउनुको साथै कार्यहरु  सम्पादनमा बाधा आउछ भने शत्रुपक्षबाट तनाव सृजना हुनेछ मामाघरबाट दुखद समाचार आउने सम्भावना रहेको छ विभिन्न प्रकारका जरिवाना हुने त्यस्तै गर आरोप लाग्ने नगरेको गल्तिको सजाय भोग्नुपर्ने देखिन्छ आफुले मिलेर गरिरहेका काम मित्रहरू द्वारा अविश्वास प्रकट गर्नेछन्।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
सन्तानको स्वास्थ्यमा क्रमिक सुधार आउने त्यस्तै गरेर सन्तान पक्षबाट सुख शान्ति समृद्धिको बाटो खोल्ने देखिन्छ भने अध्ययनअध्यापनको क्षेत्रमा सफलता हात लाग्नेछ प्रतिस्पर्धा ma सफल हुनुहुनेछ नयाँ कार्य सम्पादन गरेर आफ्नो आत्मविश्वास बढोत्तरी गर्नु हुनेछ आफ्ना हाकिमहरुलाई खुसि पार्न सक्छ हुनेछ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आमा सङ्ग सम्बन्ध मा सुधार आउनुका साथै आमाको स्वास्थ्य पनि राम्रो हुने देखिन्छ घर सँग सम्बन्धित सम्पुर्ण तनावहरु हटेर जानेछन् आफ्नो गाडीमा वा वाहन सुख प्राप्तिको योग छ मित्रजनहरु संग bhetghat हुनेछ छ तर सम्बन्धित समस्या हटेर जानेछ आफूले सोचे अनुरुपको सफलता हात पार्नु हुनेछ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ उद्योगधन्दाबाट खासै लाभ हुनेछैन फाइदा हुन्छ भनेर सोचिएका ठाउँबाट पनि लाभ हुने देखिन्छ लगायत आफ्ना सहकर्मी अरुसँग को सम्बन्ध मा केही तनाव सिर्जना हुने देखिन्छ । radio television जस्ता सञ्चार माध्यमहरू सम्बन्धित कार्य नगर्नु नै बेस हुन्छ तपाईंले बोलेका कुराले तपाईलाई भविष्यमा असर पर्ने देखिन्छ त्यसैले बोलिमा बिचार पुर्याउनुहोला।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने दहि खाएर जानुहोला साथै भगवान इन्द्रायणी माता लाइ स्मरण गरि २१ पटक नमस्कार गरि जानु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ ।

No comments:

Post a Comment