Saturday, July 29, 2017

आजको राशिफल |||

बि.स.२०७४ साउन १५ गते । आइतबार  । ईश्वी सन् २०१७ जुलाई ३० तारिख | खिर खाने दिन । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । योग साध्य ३० घडि २८ पला ।  आनन्दादिमा पध योग ।  तिथि सप्तमी , ११ घडी ५८ पला, बिहान १० बजेर १४  मिनेट उप्रान्त

अष्टमी तिथि । चित्रा १२  घडी २० पला, बिहान १० बजेर २२ मिनेट उप्रान्त स्वाति नक्षत्र । चन्द्रमा  तुला राशिमा, सुर्योदय बिहान ५ बजेर २६ मिनेट साथै सुर्यास्त साझ ६ बजेर ५२  मिनेटमा । दिनमान ३३ घडी ३५ पला |

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेम सम्बन्ध हरु राम्रो हुने छ | प्रेम प्रस्ताब राख्ने सोचमा हुनहुन्छ भने आजको दिन उपयुक्त समे रहेको छ | कोहि संग मिलेर नया व्यापार व्यवसाय सुरु गर्ने सोचमा हुनहुन्छ भने आजको दिन उपयुक्त समय रहेको छ | प्रतिस्पर्धाको लागि जादै हुनुहुन्छ भने आजको दिन एकदमै उपयुक्त समय रहेको छ | नया साथीहरु बाट पर्याप्त

फाइदा पुग्ने देखिन्छ |
शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
शत्रु हरुले पनि तपाइको प्रशंसा गर्ने छन् | साथै नया कार्यमा सम्पूर्ण ले सहयोग गर्नुका साथै मान इज्जत प्रतिष्ठा प्राप्तिको समय रहेको छ | रोगबाट  मुक्ति मिल्नुका साथै ऋण बाट पनि छुटकारा पाउने समय छ | विशेस गरि मामा घर बाट सहयोग मिल्ने छ | खनिज पदार्थ बाट फाइदा मिल्नुका साथै होटेल व्यवसाय बाट पनि लाभ

हुने देखिन्छ |
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन  अध्यापन मा रुची बढ्नु का साथै बौद्दिक क्षेत्रमा सफलता मिल्ने समय छ | प्रेम प्रसङ्ग मा राम्रो हुनका साथै नया नया कुरा हरु को सृजना हुनाकासाथै सन्तान सुख रहने छ भने आफुले गरेका शैक्षिक क्षेत्र को लगानी ले राम्रो प्रतिफल दिनका साथै पुर्व पून्यको फल प्राप्तिको समय रहेको छ | आफुलेगरेका निर्णय हरु सहि

हुने भएकोले उक्त निर्णयमा आदिक रहनु होला |
शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घर संग सम्बन्धित समस्या ले सताउनुका साथै आफ्नो बाहन मा यात्रा गर्दा विशेस ख्याल राख्नुहोला | मनमा अशान्ति छुनुका साथै जग्गा सम्बन्धि समस्या साथै अचल सम्पति संग समस्या ले सताउने देखिन्छ | शैक्षिक क्षेत्र मा सोचे अनुरुप को प्रगति हुने छैन | सुख ले बाटो अन्तै मोड्ने छ भने आमा को विशेस ख्याल राख्नु होला |
शुभ रंग —  सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्ना भाइ बहिनि हरुको माया साथ् र सहयोग रहनेछ | परस्पर वार्तालाप हुने क्षेत्र तापैकोलागी राम्रो हुनेछ | बजार व्यवस्थापन सम्बन्धि कार्यमा प्रयास गर्नु भयो भने अवस्य पनि लाभ मिल्ने छ | दिमागमा सृजनात्मकता को वृद्दि हुनका साथै नया जोश र जागर आउने छ | वाहन र छोटो यात्रामा खर्च हुने समय रहेको छ |

शुभ रंग —  मरुन

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
नया सामान हरु किन्ने का साथै नया वस्तु हरु घरमा भित्रयाउने समय रहेको छ | साथै धन संचय्का नया बाटा हरु खुल्नुको साथै आफन्तजन हरुको सहयोग र साथ् मिल्ने छ | बोलीको प्रभाव ले कार्य बन्ने र सम्पादन हुने समय रहेको छ | नया नाता सम्बन्धि हरु संग भेट घात मा नै मन रमाउने छ | बोलीमा मिठास आउनुका साथै

स्वादिस्ट भोजन मिल्ने छ |
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
टाउको दुख्ने साथै मानसिक सन्ताप हुने समय हो | टाउको संग सम्बन्धित समस्या ले सताउने र आँखा मा केहि खराबी आउने देखिन्छ | आफ्नो विवेक को कमि हुनाले बन्न लागेका काम हरु पनि बिग्रने खतरा पैदा हुन्छ | जथाभावी आफ्नो बोलीको प्रयोग गर्नु पुर्व सोच्नु होला | अलि जिद्दी पन बढ्ने र त्यसले दैनिक कार्यलाई असर

गर्ने भयकोले बिचार गर्नु होला |
शुभ रंग — सिल्भर  

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नो घरबाट टाढा लाने समय रहेको छ | बैदेसिक यात्रा को समय भए पनि खासै फलदायी हुने देखिदैन | रातमा राम्रो निन्द्रा नपर्नुका दात्है अनावस्यक तनाब हरु आउने छन | कतिपय तनाव हरु आफै सृजना गरेका हुनेछन | धनको अचानक व्यय हुने देहिंछ | दुर्घटना पनि हुन सक्ने भएकोले बिशेस बिचार गर्नुहोला |
शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सधाजस्तो आम्दानि नहुने साथै भैरहेको आम्दानि मा पनि भारि गिरावट आउने देखिन्छ | शेयर बजार पनि आजको लागि त्यति फलदायी देखिदैन | आफु भन्दा अग्रज ले दिएको उपदेस वा भनौ अनुभव नसुन्ने भएकोले कार्यमा बाधा आउने देखिन्छ | पदना मन नलाग्ने साथै सन्तानमा स्वास्थ्य को समस्या आइ धन मा खर्च हुने समय

रहेको छ |

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
गरिएका काम हरु राम्रो हुनेछन | रास्ट्र संग समबन्धित कार्यबाट फाइदा पुग्ने छ | साथै सरकारी क्षेत्र बाट लाभ हुनका साथै नया टेन्डर हरु हात पर्ने समय रहेकोछ | काठ संग समबन्धित ब्यापार साथै कागज संग समबन्धित व्यवसाय फलदायी देखिन्छ | मान इज्जत प्रतिष्ठामा वृद्दि हुनका साथै समाज मा छुट्टै पहिचान बन्ने समय

रहेको छ |
शुभ रंग —  खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धार्मिक यात्रा हुने समय रहेको छ साथै धर्म क्षेत्रमा मन जाने छ | भाग्यले साथ् दिनेछ भने गुरु जान तथा आफ्ना अग्रज हरुको आशिर्बाद ले नया कार्यहरु बन्ने छन् | अध्यान अध्यापनको लागि विदेशको यात्रा बन्नका साथै फलदायी नै हुने देखिन्छ | नेतृत्व क्षमता बढ्न का साथै दर्शन शास्त्र मा रुची बढ्ने देखिन्छ  |
शुभ रंग —  निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफ्नो स्वास्थ्यमा नराम्रो असर पार्नका साथै चोटपटक लाग्ने सम्भावना देखिन्छ | ऋण मा वृद्दि हुनका साथै कार्य अरु नबनेर मानसिक तनाव मा वृदी हुने छ | साथि हरु ले अविस्वास गर्नका साथै उनीहरु टाढा जानेछन | आफ्नो इज्जत प्रतिष्ठा मा धक्का लाग्नुका साथै नचाहिने ठाउमा धन हानि हुनेछ |
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने बदाम खाएर जानुहोला साथै पान को पात साथ् लिएर हिड्नु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६

No comments:

Post a Comment