Saturday, September 2, 2017

आजको राशिफल |||
२०७४-०५-१८
यात्रा गर्दा दक्षिण मुख गरि यात्रा गर्नुहोला ।
दिनको लागि सबै कार्य गर्न उपयुक्त समय०९:०९ देखि १२:१८ सम्म रहेको छ ।

यदि तपाइँको काम बनिरहेको छैन । विदेश जान चाहनुहुन्छ । कुन रत्न तपाईंको लागि फल्दायी हुन्छ साथै रत्न धारण गर्न चाहनुहुन्छ । विधार्थी हुनुहुन्छ कुन विषय तपाइँको लागि उचित हुन्छ । घर तथा जग्गको वास्तु मिलेको छैन मिलाउन चाहनुहुन्छ वा उपचार गराउन चाहनुहुन्छ । व्यवसाय गर्ने सोच छ कुन व्यवसाय राम्रो हुन्छ । विवाह गर्दै हुनुहुन्छ कुण्डलि मिलान गराउन चाहनुहुन्छ । साथै आफ्नो पढाइ, रोजगारी, व्यवसाय, दाम्पत्य जीवन मा समस्या छ साथै दैनिक जीवन मा कुनै पनि प्रकारको समस्या छ भने सम्झन सक्नुहुन्छ ।।।
ज्योतिषी कृष्ण भण्डारी
सम्पर्क न. ९८४९९७७५७६
बि.स.२०७४ भाद्र १८ गते । आइतबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०३ तारिख | । नेपाल सम्बत् ११३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । योग शोभन ५७ घडि २४ पला । आनन्दादिमा अमृत योग । तिथि द्वादशि, १० घडी ५० पला १० बजेर ०५ मिनेट उप्रान्त त्रयोदशि । उत्तरषाढा नक्षत्र १० घदी ०५ पला ०९ बजेर ४६ मिनेट सम्म तत्पश्चात श्रवण । चन्द्रमा मकर राशिमा, सुर्योदय बिहान ५:४४ मिनेट साथै सुर्यास्त साझ ६ : २१ मिनेटमा । दिनमान ३१ घडी ३२ पला |
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्ना कार्यगत समस्याहरू ले सताउने देखिन्छ । मान पदवी मा आच आउन सक्ने सम्भावना छ भने नया कार्यहरू गर्नक्प लागि समस्या पर्ने छ । आफू भन्दा माथी रहेका हाकिम हरु बाट खासै सहयोग नहुने देखिन्छ । सरकारी कार्य को कारण ले झमेला हुने साथै आफ्ना पिताजी सग वैमनस्यता आउने देखिन्छ विचार पुर्याउनु होला ।
शुभ रंग — रातो
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
धार्मिक कृत्री मा मन जाने छ । भगवान प्रतिको आस्था बढेर जाने छ भने आफ्ना उच्च शिक्षा मा राम्रो हुने छ । आफ्ना गुरुजन हरुप्रती आदार भाव बढ्नका साथै नबनेको कार्यहरू बिस्तारै बन्दै जाने छन । आफ्नो भाग्य मजबुत बनाउने कार्य हुनेछ भने व्यापार व्यवसाय सुरुवात गर्नको लागि एकदमै उपयुक्त समय रहेको छ ।
शुभ रंग _ सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
चोटपटक लाग्ने सम्भावना छ भने आफ्ना वाहन गाडी ले धोका दिन सक्छन । अध्यन अध्यापन को क्षेत्रमा असफलता हात लाग्ने देखिन्छ । प्रतिस्पर्धामा खासै राम्रो गर्न नसक्नाले सम्भावना कम भएर जानेछ । नया कार्यको लागि खासै उपयुक्त समय छैन । आफ्ना चेलीबेटी हरुसग को सम्बन्धमा तनाव आउनुको साथै उनीहरुको स्वास्थ्य मा केही असर पर्ने देखिन्छ ।
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पार्ट्नर्शिप मा गरिएका कार्यहरुमा खासै लाभ नहिने देखिन्छ आफ्ना पार्ट्नर हरु सगको सम्बन्ध मा नि तनाव सृजना हुन सक्छ । दाम्पत्य जीवन मा साधारण मनमुटाव को कारण ले जीवन साथिसग वैचारिक द्वन्द सुरु हुन सक्छ । साना मझौला ब्यापारको लागि खासै उपयुक्त समय छैन केही समय पर्खनु होला ।
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सोचे अनुरुप फाइदा वा सफलता नमिल्ने देखिन्छ गरिएको मेहेनत खेर जाने सम्भावना बढेर जाने छ । मामा घर तिर बाट केही नराम्रो समाचार आउन सक्छ ।रोगी हुने वा भनौ रोगले सताउने समय रहेको छ । शत्रु हरुले आफ्नो बाटो मा तगारो बन्ने साथै कार्य सम्पादन मा तनाव दिने सम्भावना छ भने दिएको धन फिर्ता नआउने सम्भावना छ ।
शुभ रंग — मरुन
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्यन अध्यापन मा कमि हुनुका साथै मन नजाने र असफलताको सामना गर्नुपर्ने देखिन्छ । पढाइमा मन नलाग्ने शरिरमा आलस्यता छाउने त्यस्तै अल्छी लाग्ने छ । प्रेम मा असफलता को सामना गर्नु पर्ने देखिन्छ । साधारण कुरा मा मन्मुटाव हुने देखिन्छ भने आफ्नो बच्चाको स्वास्थ्यमा खराबी हुन सक्छ बिचार पुर्याउनु होला ।
शुभ रंग - निलो
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
सुख सुबिधाका सम्पुर्ण श्रूत सामागृहरु उपलब्ध हुने देखिन्छ भने घर गृहस्ती राम्रो सग चल्ने साथै आफ्नो जीवन साथी सग प्रेम मा वृद्दी हुने देखिन्छ । माताको स्वास्थ्यमा सुधार आउनका साथै माता सगको सम्बन्ध अझ गाढा भएर जाने छ । जगा जमिन सग सम्बन्धित समस्या हटेर जाने छ भने व्यापार को लागि उपयुक्त समय छ ।
शुभ रंग — सिल्भर
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
छोटो यात्राको अवसर आए पनि यात्रा भने खासै फलदायी हुने छैन । नया उध्योग धन्दा खोल्ने पर्याप्त अवसर आउने छन तर त्यस बाट खासै लाभ हुने देखिदैन ।आफू भन्दा मुनिका भाइबहिनी हरुले खासै तपाइको कुरा सुन्ने देखिदैन  । साथै उनिहरुको कारण ले समस्या झेल्न पर्ने देखिन्छ ।सन्चार का माध्यम बाट नि तनाव आउने देखिन्छ ।
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बोलिमा मधुरता छाउने छ भने नबनेका कार्यहरु बोलिको माध्यम बाट बन्ने छन साथै आफ्ना आअन्त कुटुम्ब हरुको मन जित्न सफल हुनुहुने छ । आफू र आफ्नो परिवारलाई खुसी राख्न सक्षम हुनुहुने छ । धन सन्चय गर्ने अवसर आउनेछन भने शरीरमा स्फुर्ती बढ्ने साथै नया जोश जागर आउने देखिन्छ । सन्चित धन मा वृद्दी हुने छ ।
शुभ रंग — सुन्तला
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
स्वस्थ्य रहने फुर्तिलो  साथै हसिलो मुहार हुनका साथै मुहारमा चमक आउनेछ । मानसिक शान्ति मिल्ने छ भने  मनका बोझ हल्का हुने छन । आफ्ना आत्मिय हरुसग भेटघाटमा मन रमाउने छ । गरि रहेको कार्यहरु बाट पनि मनग्य आम्दानी हुने देखिन्छ । आफ्ना योजना हरु आउने साथै उक्त योजना हरु सफल बनाउन हरदम प्रयास गर्नु हुनेछ ।
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विदेश सग संबंधित काॠ गर्नाले लाभ मिल्ने छ । आफन्त हरुको सहयोग प्राप्त हुने छ । वैदेशिक रोजगारको सुवर्ण अवसर मिल्ने छ । बिदेश अध्यन अध्यापन कोलागी जाने तयारी गर्दै हुनुहुन्छ भने सुरुवात गर्ने एक्दमै सहि समय रहेको छ । कुनै पनि वस्तुको आयात निर्यात सग सम्बन्धित कार्यले फाइदा पुग्ने देखिन्छ ।
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आय आर्जन मा वृद्दी हुनेछ भने धन सन्चय्का सुनौलो अवसर आउने छ । अध्यन अद्यापन मा विकास हुने नया जोश जागर आउने छ । आय आर्जन्का बैकल्पिक स्रोत हरु जुट्ने छन । बुवाको साथ सहयोग रहनेछ । रास्ट्र को तर्फ बाट फाइदा पुग्ने देखिन्छ भने नया टेन्डर जस्ता कार्यहरु बाट लाभ हुने छ । जग्गा जमिन सग सम्बन्धित कार्यबाट लाभ मिल्ने छ ।
शुभ रंग —पहेलो
आज को दिनलाइ अझ राम्रो बनाउन को लागि कुनै कार्य को को लागि जादै हुनुहुन्छ भने बदाम  खाएर आ पानको पात साथ लिएर जानुहोला साथै सूर्य देव लाई स्मरण गरि हिड्नु भयो भने अवस्य पनि लाभ मिल्ने नै छ |

No comments:

Post a Comment