Thursday, January 18, 2018

समय

कुनै कुरा स्थाइ छैन यहाँ न पद न पैसा न दुख न सुख हिजो राम्रो भनिएका आज नराम्रो मा गनिए आज नराम्रो भनिएका भोलि राम्रो गनिने छन धेरै घमण्ड गर्न नि जरुरी छैन र धेरै दुखी नि हुन जरुरी छैन । समय ले सबैलाइ पाठ सिकाउने नै छ ।।।

चिज

सबै भन्छन यहाँ फलानो चिज को मोल छ तर त्यस्तो नि हैन सन्सार मा जे जति छन ती सबै अनमोल छन ।।।

आशा

अरु बाट आशा गर्नु बेकार छ भन्ने थाहा हुँदा हुँदै पनि आश गरिन्छ त्यही भएर हामी तनाव सृजना गर्न सफल भएका छौ ।।।

Friday, January 12, 2018

तनाव

जीवन मा तनाव धेरै आउछन्  जान्छन् तर तनाव को वश मा तपाईं नपर्नु होला तनाव नै असफलता को मुख्य जड हो तनाव व्यवस्थापन गर्न सक्नु भयो भने जस्तो सुकै समस्या को हल गर्न सक्नु हुनेछ ।।।

शाम्भावि महामुद्रा

यो एक प्रकारको ध्यान को विधि हो जस्मा हामी आफ्नो आँखा खोलेर ध्यान गर्दछौ । अन्य सम्पुर्ण किसिम का ध्यान मा आँखा बन्द गरेर गरिन्छ भने यस प्रकार को ध्यान मा आँखा खोलेर ध्यान गरिन्छ जस्को लागि हामिले आँखा खोलेर पुरै ध्यान आखाको माथिको आखी भौ मा ध्यान केन्दृत गर्छौ । यसले आखाको कसरत हुनका साथै तेस्रो नेत्र खोल्न पनि मद्दत गर्दछ ।।।